सरकारलाई संसदीय समितिको निर्देशन- ‘पेट्रोलियम कर ५० प्रतिशतले घटाउनू’
Friday, June 24, 2022
Comment
काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा आएको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको छ।
शुक्रबार बसेको समितिको छलफलले विभिन्न शीर्षकमा सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको हो।
अहिले सरकारले भन्सार तथा प्रज्ञापन पत्र शुल्कबापत् २५ रूपैयाँ २३ पैसा, सडक मर्मत कर ४ रूपैयाँ, प्रदूषण कर एक रूपैयाँ ५० पैसा, पूर्वाधार कर १० रूपैयाँ, मूल्य अभिवृद्धि कर २२ रूपैयाँ ८९ पैसा लिँदै आएको छ ।
समितिले छलफलपश्चात् विभिन्न शीर्षकमा लिँदै आइएको कर घटाउन अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई लिखित निर्देशन दिएको छ ।
0 Response to "सरकारलाई संसदीय समितिको निर्देशन- ‘पेट्रोलियम कर ५० प्रतिशतले घटाउनू’"
Post a Comment