विरलै देखिने यी सपना, जसले दिन्छ शुभ संकेत, तर कसैलाई पनि हुँदैन् सुनाउन

विरलै देखिने यी सपना, जसले दिन्छ शुभ संकेत, तर कसैलाई पनि हुँदैन् सुनाउन

 


काठमाडौँ,

काठमाडौँ । शास्त्रमा सपनाका अर्थबारे चर्चा गरिएको छ । कुन सपना देखे कस्तो हुन्छ भन्ने ब्याख्या गरिएको छ। तर देखेको सपना अरु कसैसँग शेयर गर्दा त्यो सपनाको फल प्राप्त नहुने पनि शास्त्रमा उल्लेख गरिएको छ।

यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला ? यहाँ सपनामा चरा देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

सपनामा हात्ति देख्नु भो भने यो निक्कै राम्रो मानिन्छ । हात्तिमा लक्ष्मी सवार हुने हुँदा हात्ति सपनामा देख्नु शुभ भएको ज्योतिष शास्त्रको भनाइ छ ।

सपनामा भै‌सी देख्नु भो भने मिश्रित फल मिल्छ । यो निक्कै अशुभ पनि होइन तर शुभ पनि होइन। सपनामा घोडा देख्नु भो भने यसको सुख सम्पति हात लाग्न संकेत गर्छ ।

गिद्ध सपनामा देख्नु भो भने तपाइँलाई समस्या पर्न सक्छ । शोख वा नकारात्मक समाचार सुन्ने समयमा यस्ता सपना देखिन्छन् ।मयुर देख्नु भो भने पनि तपाइँलाई शुभ फल मिल्छ । मयुरमा शनि सवार भएको देख्नु अझै राम्रो मानिन्छ।

त्यस्तै सपनामा कौवा देख्नु भो भने यसले तपाइँलाई सुख शान्ति हरण हुने संकेत दिन्छ । ज्योतिष शास्त्रमा सपनामा कौवा देख्दा परिवारमा वादविवाद हुने र अपमान आइलाग्ने उल्लेख छ ।

सपनामा माता लक्ष्मी वा भवानीको दर्शन गरेको देखेमा छिट्टै धनवर्षा हुने मान्यता छ। यदि सपनामा आफुले घोडसवारी गरेको देखियो भने आगामी भाग लिएको प्रतियोगितामा सफलता पाउने मान्यता छ।

यदि सपनामा कमलको फूल धारण गरेको देखे या अरुले फुल भेट गरेको देखे थालेको काममा अपार सफलता प्राप्त हुनेछ।सपनामा कुलदेवताको दर्शन गरेको देखेमा जीवनमा विद्यमान सबै कष्ट, संकट नाश भएर जाने मान्यता छ।

गोरी सुन्दर स्त्रीले अंगालो हालेको सपना देखियो भने छिट्टै धनप्राप्ति हुन्छ । सपनामा अप्सराहरूको दर्शन भयो भने अतुल्य धन पाइन्छ।

0 Response to "विरलै देखिने यी सपना, जसले दिन्छ शुभ संकेत, तर कसैलाई पनि हुँदैन् सुनाउन"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=e127486c871d709f4925e78f720eac1c

Advertise under the article