ढुङ्गा गिट्टी त’स्करी भईरहेको अधेरी खोलामा धरानका मेयर हर्क साम्पाङ पुगेपछि भयो भागाभाग (हेर्नुस् भिडियो )

ढुङ्गा गिट्टी त’स्करी भईरहेको अधेरी खोलामा धरानका मेयर हर्क साम्पाङ पुगेपछि भयो भागाभाग (हेर्नुस् भिडियो )

 


रधरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ स्थानीय खोला दोहन रोक्नका लागि आफै फिल्डमा उत्रिएका छन् । उनि सुक्रबार दिँउसो प्रचण्ड गर्मीको प्रभाव नगरि धरान उपमहानगरपालिका वडा नं ५ मा पर्ने अधेरी खोला पुगेर ढुङ्गा तस्करी रोकेका छन् ।आफ्ना केही सहयोगी र नगरप्रहरीका साथमा सो खोला पुगेका उनले खोलाबाट ढुङ्गा लोड गर्दै गरेको ट्याक्टर नियन्त्रणमा लिई ढुङ्गा खोलामै झार्न लगाएका थिए ।

उनले ट्याक्टर चालक र ढुङ्गा लोड गरिरहेका युवाहरुलाई सम्झाएर अब देखि यो खोलामा कुनै पनि सामाग्री लिन नआउनु भनि एक पटकका लागि माफी दिदै छाडिएका थिए । पुनः खोला दोहनका लागि आएमा कानून अनुसार कार्वाही गर्ने मेयर साम्पाङले चेतावनी पनि दिए । केही युवाहरु धमाधम ढुंगा लोड गरिरहेका थिए ।शुरुमा मेयर साम्पाङ सहितको टोलीलाई देख्न साथ ट्याक्टर सहित ढुङ्गा लोड गरिरहेका युवाहरु भाग्न खोजेका थिए ।अधेरी खोलाबाट अत्यधिक ढुंगा, मिक्स गिट्टी चोरी तस्करी हुँदै आएको छ । मेयर हुन भन्दा अगाडी साम्पाङले खोलार चुरे दोहन रोक्न खोज्दा धरान उपमहानगरपालिकाका तत्कालिन मेयर तिलक राई निर्देशनमा गुण्डा लगाई उनी र उनको समूहमाथि आक्रमण भएको थियो ।

अवैधरुपमा ढुङ्गा, मिक्सगिट्टी निकालेको नियन्त्रण गरेर साधनसहित प्रहरीमा बुझाएपनि मिलेमतोमा छोडिदिने गरेपछि तस्करी मौलाएको स्थानीयले मेयर साम्पाङलाई जानकारी समेत गराएका छन् । उनिहरुले करिब डेढ दशकअघि अवैध खोला उत्खनन्को विरोध गर्दा एक जना स्थानीयले आफ्नो ज्यानसमेत गुमाएको जानकारी मेयर साम्पाङलाई गराएका छन् । उनिहरुले मेयर साम्पाङलाई कडाईका साथ खोला दोहन र तस्करी रोक्नका लागि अनुरोध समेत गरेका छन् ।

मेयर साम्पाङका अनुसार सो खोला ठेक्कामा लगाइएपनि ठेक्का रद्द गराईएको छ । आफ्नो देश र बाटो बेचर नगरवासीलाई सुःख दिन नसकिने मेयर साम्पाङले बताए । त्यसकारण आउदो आर्थिक बर्षमा धरानका कुनै पनि खोलाबाट खोलाजन्य सामाग्री निकालेर बेच्नका लागि खोला ठेक्का नै नलाएको उनले बताए । उनले आफ्नो ५ बर्षे कार्यकालभरी खोला ठेक्का नै नलगाउने घोषणा पनि गरेका छन् ।

खोलाबाट धरान उपमहानगरपालिकालाई यसअघि जे जति आम्दानी हुन्थियो, सो अन्य स्रोतबाट जुटाउने आफ्नो योजना रहेको उनले बताए । चुरे क्षेत्र र खोलको दोहन रोकेर धरानमा कृर्षीसंग सम्बन्धि साना तथा ठूला उद्योगहरु स्थापना गरि संचालनमा ल्याउने आफ्नो योजना रहेको उनले बताए । ती उद्योगमै खोलामा दैनिक मजदुरी गर्नेहरुलाई पनि रोजगारको व्यवस्था गर्ने उनले सुनाए । आफ्नो यस योजनालाई आउने आर्थिक बर्षबाट कार्य प्रारम्भ गर्ने उनको भनाई छ ।

हेर्नुस् भिडियो

0 Response to "ढुङ्गा गिट्टी त’स्करी भईरहेको अधेरी खोलामा धरानका मेयर हर्क साम्पाङ पुगेपछि भयो भागाभाग (हेर्नुस् भिडियो )"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=e127486c871d709f4925e78f720eac1c

Advertise under the article