दुधे बालक सहित सु;त्केरी प्रहरीको हि;रासतमा ! का;र;ण सु;न्दा सबै परे अ;चमित !

दुधे बालक सहित सु;त्केरी प्रहरीको हि;रासतमा ! का;र;ण सु;न्दा सबै परे अ;चमित !


 सुत्केरी अवस्थामा घरमा आराम गर्ने स्याहारसुसार पाउने बेला हो। सुत्केरीले आफ्नो बच्चाको खुवै ख्याल गर्नुपर्ने बेला हो।यो चिसो समय भएकाले अरु बेलाभन्दा अझै विचार गर्नुपर्ने तर धुर्कोट गाउँपालिका ७वाग्लाकी २८वर्षीया रमिता भुसाल अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्।

उनीसंगै श्रीमान् ३३वर्षीय मनिराम घिमिरेलाई प्रहरीले तीन दिन अघि बहुबिबाह मुद्धामा बुटवलबाट गिरफ्तार ग¥यो हिरासत सुविधा सम्पन्न हुने कुरै भएन। चिसो ठाउँ र मौसम भएकाले घरमै बस्नेहरुलाई पनि अहिले समस्या छ।मानिसलाई समस्या छ भने रमिताले कसरी सुत्केरी ज्यान सम्हालेकी होलिन्।

मनिरामकी जेठी श्रीमतीले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिइन्। उनी आफै प्रहरी लिएर कोठा चहार्दै बुटवल पुगिन्। प्रहरी व्यक्तिगत अवस्थाको मूल्यांकनभन्दा उजुरीलाई प्रमुख ठान्यो। कोठाबाटै गिरफ्तार गरेर तीन जनालाई गुल्मी प्रहरीको

हिरासतमा राख्यो। दिउँसोमा रमिता भुसाल सामान्य कार्पेटमा जिल्ला प्रहरी कार्यालय गुल्मीको प्राङगणमा बस्छिन्। सुत्केरी भएदेखिको रगत अभै बसेको छैन। हिरासतमा खानपान सहित स्वास्थ्यमा समेत समस्या भएकाले बाहिर बस्ने व्यवस्था मिलाइदिने गरी समन्वय गरिदिन।

मिडियासँग आग्रह गरिन्विभिन्न आरोपका व्यक्तिहरु आउने जाने क्रम भएकाले आमाछोरालाई चिसोसंगै कोरोना संक्रमणको डर उत्तिकै छ। 

दिउँसोमा बच्चा सहित बाहिर बसेकी रमिताको दृश्यले प्रहरीमा पुग्ने जो कसैको मन बिचलित हुन्छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जेठी श्रीमतीले उजुरी दिएपछि बुटवलबाट गिरफ्तार गरिएको बताएउनले चिसो र संक्रमणको डर भएपनि मुद्धा अनुसार हिरासतमै बस्नुपर्ने बताए। उनले कानुनको प्रक्रिया नै त्यस्तै भएकाले आफुहरु छिटोभन्दा छिटो अदालत पेश गर्ने योजनामा रहेको बताए।

0 Response to "दुधे बालक सहित सु;त्केरी प्रहरीको हि;रासतमा ! का;र;ण सु;न्दा सबै परे अ;चमित !"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=e127486c871d709f4925e78f720eac1c

Advertise under the article