अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

 काठमाडौँ– नेपालमा हा’डनाता सम्बन्धमा विवाह चल्दैन । का’नूनअनुसार यदी विवाह भयो भने पनि स्वतः ब’दर हुन्छ ।तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गि’र्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ ।

हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।विवाह लगत्तै बहिनीले न’क्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भा’रतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ-बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको जनाइएको छ ।

घटना भारतको हो । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन्। भाइ अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सि’फ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन् ।पञ्जाबमा सम्बन्धको इज्जतलाई बे’वास्ता गर्दै नक्कली कागजपत्रको सहारामा दाजु-बहिनीले गरे विवाह, कारण थियो अस्ट्रेलियामा बस्ने ।

एउटी युवतीले अस्ट्रेलिया जाँदा आफ्नो अ’सली भाइसँग बिहे गरिन् भन्ने खबर सुनेर मानिसहरु छक्क परे ।यो पूरै घटनामा सबैभन्दा अचम्मको कुरा यो छ कि उनको परिवारका सदस्यहरुको पनि सं’लग्नता देखिन्छ । प्रहरीका अनुसार यो ठ’गीको गम्भीर घटना हो ।

नक्कली कागजात रिपोर्टका अनुसार यो उपलब्धिपछि युवती न’क्कली राहदानी बनाएर अष्ट्रेलिया गइन् । युवतीलाई चि’नेकी एक महिलाले यस कार्यको बारेमा प्रहरीमा उ’जुरी गरेपछि यो कुरा बाहिर आएको हो ।प्रारम्भिक अनुसन्धानमा यस ष’ड्यन्त्रमा दाजुभाइका परिवारका सदस्य पनि सं’लग्न रहेको खुलेको छ ।

प्रहरीका अनुसार यही गाउँकी यी युवतीलाई विदेशमा बस्ने रहर थियो तर भिसा नपाएपछि उनले परिवारका सदस्यसँग मिलेर यो ष’ड्य’न्त्र रचेकी हुन् ।स्थानीय प्रहरी चौकीमा तैनाथ इन्स्पेक्टर जय सिंहले भने, ‘अनुसन्धानका आधारमा अहिलेसम्म थाहा पाएका छौँ कि युवतीका भाइ अस्ट्रेलियाको स्थायी बा’सिन्दा हुन्।

र उनको बहिनीले पहिले त्यहाँ बस्नका लागि न’क्कली कागजात बनाएर आएका थिए । गु’रुद्वाराबाट बनेको विवाहको प्रमाणपत्र लिएको थियो, त्यसपछि रजिष्ट्रारको कार्यालयबाट विवाह दर्ता गरिएको थियो ।


0 Response to "अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=e127486c871d709f4925e78f720eac1c

Advertise under the article