होस्टेलमा पढ्दै आएकी १६ वर्षी’या छोरी, गर्भव’ती भएपछि अभिभावकले लगाए विद्यालयमा ताला
पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी एक नाबालिग ग’र्भ’वती भएपछि उनी पढेको विद्यालयमा अभिभावकले ताला लगाएका छन्।
माछापुच्छ्रे गाउँपालिका-६ स्थित भुमेश्वर माविबाट एसइई दिएकी ना’बा’लिग ग’र्भ’वती भएको भन्दै अभिभावकले आइतबार ताला लगाएको स्थानीयवासीले बताएका छन्। नाबालिग एसइई तयारीका लागि सोही विद्यालयमा गत फागुनदेखि वैशाखसम्म होस्टल बसेकी थिइन्।
होस्टल बसाइका क्रममा सोही विद्यालयका अर्का बालकसँग सम्पर्क भएर ग’र्भ’वती हुन पुगेको विद्यालयका एक अभिभावकले बताए।
कानुनअनुसार १८ वर्षमुनिका नाबालिगले सहमतिमै सम्पर्क राखे पनि त्यसलाई क’रणी मानिन्छ। होस्टलमा विद्यालयले राम्रोसँग हेरविचार गर्न नसकेको भन्दै अभिभावकले तालाबन्दी गरेको प्रत्यक्षदर्शीको भनाइ छ। ताला लगाउन पुगेका अभिभावकले विद्यार्थीको हेरचाह गर्न नसकेको भन्दै
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रूद्रबहादुर पौडेल र विद्यालयका प्रध्यानाध्यापक बुद्धिबहादुर मिजारले राजीनामा दिनुपर्ने माग राखेका छन्। विद्यालयका एक अभिभावकका अनुसार ग’ र्भ’वती भएकी नाबालिग अहिले १६ वर्ष र नाबालक १७ वर्षका छन्। स्थानीय अभिभावकका अनुसार अहिले विद्यालय व्यवस्थापन समिति,
प्रध्यानाध्यापक र आन्दोलनरत अभिभावकबीच वार्ता चलिरहेको प्रध्यानाध्यापक बुद्धिबहादुर मिजारले जानकारी दिए। ‘घटनाका विषयमा हामी छलफल गरिराखेका छौं, अहिलेसम्म केही निर्णय भएको छैन,’ उनले भने, ‘विद्यालयमा ता लाब न्दी छ, छलफलबाट के निष्कर्ष आउँछ, तपाईंलाई जानकारी गराउँछौं।’ प्रहरीले ती दुवैलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ।
प्रतिक्रिया दिनुहोस्
0 Response to "होस्टेलमा पढ्दै आएकी १६ वर्षी’या छोरी, गर्भव’ती भएपछि अभिभावकले लगाए विद्यालयमा ताला"
Post a Comment