भैरहवाबाट कुवेत सिधा उडान सुरु , हवाई भाडा पनि सस्तो…

भैरहवाबाट कुवेत सिधा उडान सुरु , हवाई भाडा पनि सस्तो…



यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ ।

यस विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमान सेवा कम्पनी हो। “भैरहवा-कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले यहाँबाट हामीले राम्रो सङ्ख्यामा यात्रु पाएका छौँ, जजिरा एयरवेज नेपालका कन्ट्री म्यानेजर अमित नागरथले भने। काठमाडौँ-कुवेतको भन्दा भैरहवा-कुवेतको हवाई भाडा निकै सस्तो छ । भैरहवा-कुवेत हवाई भाडा प्रतियात्रु करिब ८ हजार रुपैयाँको हाराहारीमा सस्तो रहेको नागरथले बताए ।

“यहाँबाट कुवेतमात्र नभई कुवेत ट्रान्जिट हुँदै कतार लगायतका खाडीका अन्य देश समेत जाने यात्रुहरू बढी रहेका छन् । अहिलेसम्म भैरहवा-कुवेत ८ उडान भइसकेकोमा ३ उडानमा फुल बोर्डका साथै अन्यमा पनि ८० प्रतिशतभन्दा बढी यात्रु उडेका छन् । आजको कारोबार दैनिकमा समाचार छ ।

0 Response to "भैरहवाबाट कुवेत सिधा उडान सुरु , हवाई भाडा पनि सस्तो…"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=e127486c871d709f4925e78f720eac1c

Advertise under the article