६ बर्षदेखि श्रीमान फ्रिज भित्र, ७ बर्षदेखि श्रीमती अनशनमा -(हेर्नुस् भिडियो सहित )

६ बर्षदेखि श्रीमान फ्रिज भित्र, ७ बर्षदेखि श्रीमती अनशनमा -(हेर्नुस् भिडियो सहित )

 


काठमाडौ
। छोरा गुमाएपछि उक्त घटनामा दोषिलाई कारबाही गर्नुपर्ने माग राखेर लामो समयदेखि सत्याग्रहमा होमिएकी गंगामाया अधिकारी अहिलेपनि अनशनमा नै हुनुहुन्छ । ‘अब म कुनै हालतमापनि पछि फर्किन्नँ र अनशन पनि तोड्दिनँ’, उहाँ भन्नुहुन्छ, ‘पहिले मलाई धेरै नै झुक्याइयो, न्याय पाइन्छ भनेर जबरजस्ती खुवाइयो, तर भएकोचाहिँ केही होइन ।’

गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालिनमा माओवादीहरुले चितवनबाट लगेर २०६१ जेठ २४ गते मृ’त रु’पमा छोडेका थिए ।

त्यसपछि गंगामाया र उनक पति नन्दप्रसाद अधिकारीले राज्यका हरेक निकायमा पुगेर छोराको न्यायका लागि कानुनअनुसार कारबाही गरिपाऊँ भनी निवेदन दिएका थिए । तर, कतैपनि सुनुवाइ नभएपछि उनीहरु काठमाडौं आएर २०७० साउन देखि प्रधानमन्त्री कार्यालय बालुवाटार अगाडि सडकमै अनशन बस्न सुरु गरे ।

सत्याग्रहमा बस्दाबस्दै अवस्था नाजुक भएपछि सरकारले अधिकारी दम्पतीलाई वीर अस्पतालमा लगेर राखेको थियो । अस्पतालमै पनि दुवैले सत्याग्रह जारी राखेका थिए । सत्याग्रहको २ सय ३४ औं दिन २०७१ असोज ६ गते नन्दप्रसादको अस्पतालमै मृत्यु भएको थियो ।

उनको मृ’त श’रीर अहिले टिचिङ्ग अस्पतालको फ्रिजमा राखिएको छ । गंगामाया भने अझै अनशनमा हुनुहुन्छ । उहाँहरुको न्यायका लागि नेपालका बरिष्ठ अधिवक्ताहरु अघि सर्नुभएको छ । हेरौ भिडियोमा ।

<iframe width="696" height="392" src="https://www.youtube.com/embed/3wcwLPHX8-U" title="६ बर्षदेखि श्रीमान फ्रिज भित्र || ७ बर्षदेखि श्रीमती अनशनमा || नेपालका सबै बरिष्ठ अधिवक्ता उत्रिए" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>

0 Response to "६ बर्षदेखि श्रीमान फ्रिज भित्र, ७ बर्षदेखि श्रीमती अनशनमा -(हेर्नुस् भिडियो सहित )"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=e127486c871d709f4925e78f720eac1c

Advertise under the article