विकिनीमा विन्दास स्वस्तिमा, टेक्सासको समुद्री तटमा ‘बिच थेरापी’
Monday, August 15, 2022
Comment
काठमाडौं । यसो भन्न मुख बारिरहनु परेन, स्वस्तिमा अहिलेकी नम्बर वान अभिनेत्री हुन् । चाहे अभिनयको गुणवत्ताले होस् वा सिनेमाको संख्याले, स्वस्तिमा समकालीन अभिनेत्रीको भीडमा एक कदम अगाडि छिन् ।
‘होस्टल रिर्टन्स’बाट जतिबेला उनी पर्दापण गर्दै थिइन्, त्यसबखत दर्शकको नजर उनीमाथि परेकै थिएन । भनिन्छ नि, निरन्तरको प्रयासले सफलताको ढोका खोल्छ । उनको हकमा त्यही भयो । स्वस्तिमाले आफ्नो प्रयास अविछिन्न जारी राखिन् । आखिरमा उनलाई सफलताले पच्छ्याएरै छाड्यो । नतिजा, उनले फुर्सद पाइनन् ।
भर्खरै मात्र उनले आफ्नो इन्स्टाग्राममा केही फोटो साझेदार गरेकी छिन्, जसमा उनी विकिनीमा विन्दास रमाइरहेको देखिन्छिन् । प्रिन्टेट क्याप र कालो विकिनीमा ठाँटिएर उनी समुद्री तटमा पोज दिइरहेकी छिन् । टेक्सासको दक्षिणी पाद्रे द्वीपमा उनले यस्तो फोटो खिचाएकी रहिछन् । यो टेक्सासको लोकप्रिय समुद्री तट हो ।
तस्वीरमा उनी विन्दास र उन्मुक्त भएर हाँसिरहेकी छिन् । त्यसको क्याप्सनमा लेखेकी छिन्, ‘बिच थेरापी ।’
तस्वीर : स्वस्तिमाको इन्स्टाग्रामबाट




0 Response to "विकिनीमा विन्दास स्वस्तिमा, टेक्सासको समुद्री तटमा ‘बिच थेरापी’"
Post a Comment